कुलेखानीको खानेपानी काठमाडौंँ भित्र्याउने योजनामा

हेटौंडा, ७ असार/ काठमाडौँमा बढ्ढो खानेपानीको मागलाई मध्यनजगर गर्दै कुलेखानी खोलामा बाँध बनाइ दैनिक १५ करोड लिटर पानी काठमाडौं ल्याएर वितरण गर्ने योजना बनाएको छ।

ADVERTISEMENT

तस्विरः गुगल

खानेपानी मन्त्री उमाकान्त चौधरीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित प्रस्तावित बाँधस्थलको निरीक्षण गरेर पानी ल्याउने योजना सुनाएका हुन्। आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पूर्वसम्भाव्यता अध्ययन गरेको हो। मन्त्री चौधरीले वर्षा र बाढीका कारण मेलम्चीको पानी सुन्दरीजलतर्फ पठाउन नसक्ने अवस्थामा र सुक्खायाममा पानीको माग बढेको बेला कुलेखानी खोलाको पानी उपत्यकामा दैनिक करिब १५ करोड लिटर वितरण गर्न सकिने बताएका छन्। उनले कुलेखानीको पानी दीर्घकालीन रूपमा बाँध बाँधेर काठमाडौं लैजाने र अल्पकालीन रूपमा दुई वर्षभित्रै लिफ्टिङ गरेर लैजान सकिने बताए।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले सिस्नेरी खोलामा बाँध निर्माण गर्ने ठाउँ भौगोलिक रूपमा उपयुक्त भएको बताए। उनका अनुसार त्यहाँ बाँध बनाउँदा वातावरणीय दुष्प्रभाव न्यून रहेको र थोरै समुदाय मात्र प्रभावित हुनेछन्। पाइपलाई विस्तार गर्न काठमाडौं-तराइ-मधेस द्रुतमार्गको किनारा प्रयोग गर्न सकिनेछ।

काठमाडौंको फर्पिङ पम्पिङ स्टेसनबाट करिब १४ किलोमिटर दक्षिणमा रहेको कुलेखानी खोला, सिस्नेरी खोला र वाग्मती नदीनजिक रहेको प्रस्तावित बाँधस्थलबाट काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सैंबु भैंसेपाटीस्थित पानी पोखरीमा दैनिक करिब १५ करोड लिटर पानी पठाउन सकिने सम्भाव्यता अध्ययनले देखाएको छ। बागमती नदीभन्दा करिब २ सय मिटर पश्चिमतर्फ सिस्नेरीको कुलेखानी खोलामा निर्माण गरिने प्रस्तावित बाँधको लम्बाइ ३ सय ४० मिटर र उचाइ ६० मिटर रहने बोर्डका कार्यकारी निर्देशक डा. राणाले बताए।

बाँधस्थलमा जम्मा भएको पानीलाई करिब २ किलोमिटर उत्तरतर्फको १ हजार ४ सय १० मिटर अग्लो दरबानडाँडामा निर्माण हुने पोखरी र पानी प्रशोधन केन्द्रमा पम्पिङ गरी पठाइने उनले बताए। प्रस्तावित दरबानडाँडा पानीपोखरीबाट निर्माणाधीन द्रुतमार्गमा करिब १९ किलोमिटर उत्तरतर्फ पाइपलाइन बिछ्याइ ललितपुरस्थित १ हजार ३ सय ७० मिटर उचाइको सैंबु पानी पोखरीमा खसालिने प्रस्ताव अध्ययनमा छ। बाँध निर्माण गर्ने स्थलले ८२ वर्गकिलोमिटर जलाधार क्षेत्र ओगट्ने छ भने दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गर्न सकिने प्रस्ताव गरिएको छ। प्रस्तावित आयोजना स्थल मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिका क्षेत्रमा पर्दछ।

Advertisement 5

सरकारले काठमाडौं उपत्यकाको द्रुत गतिमा बढ्दै गएको जनसङ्ख्या र पानीको मागलाई ध्यानमा राखेर तत्कालका लागि अल्पकालीन योजना अनुसार २ वर्षभित्रै लिफ्टिङ गरी पानी काठमाडौं पठाउने योजना बनाएको मन्त्री चौधरीले बताए। अल्पकालिन रुपमा पम्पिङ गरी दैनिक ६ देखि ७ करोड लिटरसम्म पानी काठमाडौं पठाउन सकिने अनुमान गरिएको छ।

यस्तै, दीर्घकालीन रूपमा आयोजना सञ्चालनका लागि करिब २६ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको बार्डका कार्यकारी निर्देशक राणाले बताए। बाँध निर्माण गरी आयोजना सञ्चालनलाई पूर्णता दिन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको भए पनि विस्तृत अध्ययन प्रतिवेदन ९डीपीआर० भने आइसकेको छैन। आयोजना उपयुक्त भएकाले डीपीआर निर्माण गर्न र अल्पकालीन आयोजना सञ्चालनका लागि नीतिगत निर्णय गर्न आफू तयार रहेको मन्त्री चौधरीले बोर्डका कार्यकारी निर्देशकलाई जानकारी गराए।

आयोजनाको बाँध मात्र निर्माण गर्न करिब १९ अर्ब ८० करोड, पम्पिङ स्टेसन निर्माणको लागि १५ करोड, पाइपलाइन विस्तारका लागि एक अर्ब र पानी प्रशोधन केन्द्र निर्माणको लागि करिब ५ अर्ब ८५ करोड लागत अनुमान गरिएको छ।स्रोतः बीजमाण्डु

Leave a Reply

Your email address will not be published. Required fields are marked *