उत्कृष्ट चित्र बनाउँदै एलेक्सले जिते ५० हजार

हेटौंडा, २४ असार/मातातीर्थ औंसीको अवसरमा हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आयोजना गरेको चित्रकला प्रतियोगितामा नवोदय शिशु सदनका एलेक्स श्रेष्ठ प्रथम भएका छन् । शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार श्रेष्ठले कोरेको चित्र उत्कृष्ट भएको हो । प्रतियोगितामा सहभागीले आफ्नै आमाको चित्र कोर्नुपर्ने नियम बनाइएको थियो । प्रतियोगितामा प्रथम भएका श्रेष्ठले नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

ADVERTISEMENT

यस्तै प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका समीर भट्टराई द्वितीय र वंशगोपाल माविका नविन राई तृतीय भएका छन् । उनीहरुले क्रमशः नगद ३० र १५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । यस्तै विशेष पुरस्कार हेटौंडा अफ स्कूल म्यानेजमेन्टकी शितल थापा मगरले प्राप्त गरिन् । उनलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको
थियो ।

यस्तै बालजागृति सेकेन्डरी स्कुलका ऋतिक केबी र अश्विन्या श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पसकी आइतमाया तामाङ, म्यानेजमेन्टकी श्रेया मिश्र, सैना प्रजापति, प्रतिक्षा गुरुङ र अञ्जली न्यौपाने, बंशगोपाल माविकी बिनित राई, जीएस निकेतनकी दिप्सिना थापा र दिया रिजाल सान्त्वना भएका छन् । उनीहरुले समान नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको
छ । शुक्रबार भएको नतिजा घोषणा तथा पुरस्कार वितरण समारोह कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि लामाले चित्रकला प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा मद्यत पुग्ने विश्वास व्यक्त गरिन् । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *