गजल मञ्च मकवानपुरकाे २३९ औं गजल यात्रा सम्पन्न

हेटौँडा, गजल मञ्च मकवानपुरको आयोजना तथा नवसर्जक साहित्य चौतारी नेपाल, केन्द्रीय समितिको सहकार्यमा २३९औँ गजल यात्रा तथा गजलकार कोपिल पौडेलको गजल सङ्ग्रह खरानी माथि विमर्श कार्यक्रम शनिबार हेटौँडामा सम्पन्न भएको छ।

ADVERTISEMENT


गजल मञ्च मकवानपुरका अध्यक्ष संजित श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रा. डा. देवी नेपाल प्रमुख अतिथि तथा वरिष्ठ साहित्यकार तुलसी घिमिरे विशिष्ट आतिथ्यता थियो। नियमित वाचनअन्तर्गत राजकुमार चौधरी, राम कार्की, बबि थापा, अजर फुयाल, डि.बी. बर्तौला, मसान उपासक, सानू खनाल र देवराज तिवारीले आफ्ना गजल वाचन तथा गायन प्रस्तुत गरेका थिए । पि.एम. सेन्टरको सांगीतिक टोलीको सहकार्यमा हरि पौड्याल, गहन खतिवडा र लव शाहले विशेष सांगीतिक गजल गायनसमेत प्रस्तुत गरेका थिए।


कार्यक्रममा नवसर्जक साहित्य चौतारी नेपालका केन्द्रीय अध्यक्ष कृतिका लौडारीले गजलकार कोपिल पौडेलको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पारेका थिए । गजल मञ्चका निवर्तमान अध्यक्ष केशव समर्पणले गजल सङ्ग्रह खरानी माथि समीक्षात्मक टिप्पणीसहित विमर्श प्रस्तुत गरेका थिए। विशेष वाचनअन्तर्गत गजलकार कोपिल पौडेलले आफ्ना सातवटा गजल प्रस्तुत गरेका थिए।


कार्यक्रममा विशिष्ट अतिथि तुलसी घिमिरे र प्रमुख अतिथि प्रा. डा. देवी नेपालले शुभकामना व्यक्त गर्दै खरानी गजल सङ्ग्रह तथा मकवानपुरको गजल यात्राले साहित्य क्षेत्रमा पुर्‍याएको योगदानबारे मन्तव्य राखेका थिए। कार्यक्रममा मञ्चका सल्लाहकार देवराज तिवारी, अग्रज साहित्यकार राजकुमार लामिछाने, जनार्दन खनाल, मधु ढुङ्गाना, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डि.बी. बर्तौला, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष सम्प्रस पौडेल, नेपाली लेखक सङ्घका अध्यक्ष माधव पोखरेल, झरना साहित्यिक परिवारका कोषाध्यक्ष अजर फुयाल, मुक्तक मञ्च मकवानपुरका सचिव सुवास सजल, पि.एम. सेन्टरका प्रबन्धक प्रमेन्द्र महर्जनलगायत विभिन्न साहित्यिक संस्थाका प्रतिनिधि, गजलकार, साहित्यकार, पत्रकार तथा गजल अनुरागीहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya