कैलाशमा धुमधामका साथ मनाइयो ल्होछार

हेटौंडा, मकवानपुरको कैलाश गाउँपालिकामा पर्यटन प्रवर्द्धन र तामाङ संस्कृतिको जगेर्ना गर्ने उद्येश्यसहित सोनाम ल्होछार पर्व मनाइएको छ । २८६० औं डुक म्हु ल्हो सोनाम ल्होछारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भएको हो । दुईदिन सन्चालन भएको कार्यक्रममा नेपालका दुई दर्जन बढी चर्चित गायक गायिकाले आफ्नो साँस्कृतिक प्रश्तुती दिएका थिए ।

ADVERTISEMENT

कलाकारले तामाङ भाषा र संस्कृतिसँग जोडिएको बिभिन्न साँस्कृतिक झाँकी, बोन्पो, लापतापा, ताम्बा र फापरे ह्वाईसहित स्थानेरय झाँकी समेत प्रश्तुत गरिएको थियो । कार्यक्रममा करिब आठहजार भन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । साँस्कृतिक मेलामा २५ वटा स्टल समेत राखिएको थियो । स्टलबाट करिब ५५ लाख रुपैयाँको कारोबार भएको छ । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत बिनोद रोकासहित, कैलाश गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका वडा अध्यक्षहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय राजनीतिक दलसहित विभिन्न सामाजिक संघसंस्थाका प्रमुख प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

ल्होछार बिशेष साँस्कृतिक मेला व्यवस्थापन मुल समारोह समितिका संयोजक दिलबहादुर घिसिङको अध्यक्षतामा कार्यक्रम भएको हो । सोनाम ल्होछारलाई पहिला गाउँगाउँमा त्यसपछि घरघरमा भन्ने जागरण अभियानसहित कैलाश बैकुण्ठ ब्रोम्दिङ पर्यटन प्रवर्द्वनको उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।मेलामा धादिङ र मकवानपुरको विभिन्न स्थानबाट अवलोकनको लागि सहभागी आएका थिए ।

ADVERTISEMENT

उनीहरुलाई राति बास बस्न क्याम्पिङ टेण्टको समेत व्यवस्था गरिएको थियो । स्टलमा स्थानीय र तामाङ जातीको परिकारको व्यवस्था गरिएको थियो । स्थानीयले यो मकवानपुरकै उत्कृष्ट ल्होसार भएको दावी समेत गरेका छन् । यस कार्यक्रमबाट पर्यटन प्रवर्द्धन र तामाङ जातिको संस्कृति जगेर्नामा केही मद्दत पुगेको कैलाश गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजेन्द्र घिसिङले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya