जहाज दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन

जहाज दुर्घटनामा मृत्यु भएका यात्रुहरुको सम्झानामा हेटौंडामा दिपप्रज्ज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको आयोजनामा मकवानपुरका सञ्चारकर्मीहरुले हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरेका हुन् ।

नेपाल पत्रकार महासंघका केन्दीय सदस्य त्रिभुवन पौडेल, अर्का सञ्चारकर्मी अनिल साही सहित ७२ जना सवार यती एयरलाइन्सको विमान पोखरामा आइतबार बिहान दुर्घटना भएको थियो ।जसमध्ये दुर्घटनामा परेका ६९ जनाको शव भेटिएको छ । ३ जना अझै बेपत्ता रहेका छन् ।

महासंघले भोली माघ ३ गते महासंघको कार्यलयमा शोक पुस्तिका राखी १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको अध्यक्ष मणिराज गौतमले बताए । अध्यक्ष गौतमले पौडेल र शाहीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकारहरु गुमाएको जनाएको छ ।

महासंघले उदयीमान पत्रकार नेता गुमाएकोमा दुख ब्यक्त गर्दै शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ । श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट,उपाध्यक्ष रुपेश दुलाल,महासचिब कृष्ण सारु मगर,मकवानपुर शाखाका पुर्ब अध्यक्ष ज्युहरु सल्लाहाकार ज्युहरु तथा बिभिन्नसंचार माध्यममा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो । श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रममा ७२ वटा दिप प्रज्जवलन गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button