हेटौंडा–१२ को वडाध्यक्षमा कांग्रेसका तिवारी विजयी

हेटौंडा, हेटौंडा-१२ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत भएको वडा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । तिवारी ५०३ मतअन्तरले विजयी भएका हुन् ।आइतबार भएको उपनिर्वाचनमा कुल ५ हजार ४८४ मत खसेकोमध्ये ७८ बदर भएको छ । बाँकी ५ हजार ४ सय ६ मतमध्ये तिवारीले २०६३ मत ल्याएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रबिकुमार प्रधानले १ हजार ५ सय ६० मत ल्याएका छन् । नेकपा एमालेका राजेश नगरकोटीले १ हजार ३९८ मत पाए ।

यस वडामा कुल ८ हजार ५३ मतदाता रहेका थिए । २०७९ को स्थानीय तहको निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५८८ मतदाता थपिएका थिए ।

वडाध्यक्ष पदका लागि १२ जना उम्मेदवार रहेका थिए । जसमध्ये नौजना विभिन्न दलबाट र तीन जना स्वतन्त्र उम्मेदवार रहेका थिए ।

यसअघिका दुई निर्वाचनमा झिनो मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार तिवारी तेस्रो पटकमा फराकिलो मतले विजयी बने । २०७४ को निर्वाचनमा १ सय ४ मत र २०७९ को निर्वाचनमा ३१ मतान्तरले पराजित भएकोमा आइतबारको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्पमेदवार भन्दा ५०३ मत बढी ल्याएर विजयी भएका हुन् ।

यसअघि २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित माओवादीका ललित घलान जिल्ला समन्वय समितिको प्रमुख बन्न गएपछि रिक्त पदमा आइतबार उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button