एन्फा एकेडेमीका ६ खेलाडी पहिरोमा पुरिएको विषयमा छानबिन गर्न परिवारको माग

हेटौंडा, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर मृत्यु भएका ६ किशोर खेलाडीको विषयमा स्पष्ट जानकारी दिन परिवारले माग गरेका छन्।पहिरोमा पुरिएर ज्यान गुमाएका खेलाडी अखिल नेपाल फुटबल संघ ९एन्फा० एकेडेमीको प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययन गरिरहेका थिए। एकेडेमीबाट सुरक्षित स्थानमा जाने क्रममा शनिबार खेलाडीहरू बाटोमै पहिरोमा परेका थिए।

ADVERTISEMENT

पहिरोमा परी मृत्यु भएपछि शनिबार नै सबैको शव सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको थियो।
तर एन्फाबाट घटनाको विषयमा स्पष्ट जानकारी तथा सत्य तथ्य छानविन गर्न माग गरेका छन्। छानविन नगरे शव नउठाउने परिवारको अडान छ। पहिरोमा परी ज्यान गुमाएका एक खेलाडीका आफन्तले घटनाको विषयमा एन्फाले २४ घन्टा बितिसक्दा पनि स्पष्ट जानकारी नदिनु दुखद् भएको बताए।

‘घटना भएको २४ घन्टा बितिसक्दा पनि एन्फाले हामीलाई घटना कसरी भयो भनेर आधिकारिक जानकारी दिएको छैन। हामी समाचार हेरेर शिक्षण अस्पताल आएका हौं,’ उनले भने, ‘एन्फाले १३ वर्ष मुनिका खेलाडीको जिम्मा लिएपछि घटनाको पनि जिम्मा लिनु पर्छ।’

ADVERTISEMENT

उनले एन्फाका सम्बन्धित व्यक्तिले घटनामा लापरवाही गरेको समेत आरोप लगाए।
‘कुलेखानी जलाशय भरिएर खोल्ने सूचना दुई दिनअघि नै आएको थियो। यदि त्यहाँबाट खेलाडी अयन्त्र सार्नु पर्ने हो भने किन जलाशय भरिएपछि मात्र सार्न खोजियो,’ उनले भने, ‘यो विषयमा हामीले एन्फाबाट स्पष्ट जानकारी माग गरेका हौं। आवश्यक परे प्रहरीमा उजुरी समेत दिन्छौं।’ (सोतःसेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *