प्राथमिक स्वास्थ्य केन्द्रलाई दुईवटा पानी ट्यांकी सहयोग

थाहा, लायन्स क्लब अफ थाहा पिसले थाहा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई दुईवटा पानी ट्यांकी सहयोग गरेको छ। लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एम नेपालको सहयोगमा क्लबले एक हजार लिटर क्षमताका दुईवटा पानी ट्यांकी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो।

ADVERTISEMENT


लायन्स क्लब अफ थाहा पिसको आयोजनामा सोमबार आयोजित ‘पानी ट्यांकी वितरण कार्यक्रम–२०२६’ मा थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर बिष्टले स्वास्थ्य केन्द्रका लागि उक्त पानी ट्यांकी हस्तान्तरण गरेका थिए। स्वास्थ्य केन्द्रमा पानीको व्यवस्थापन सहज बनाउन तथा स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक पानीको सुविधा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको क्लबले जनाएको छ।


कार्यक्रम लायन्स क्लब अफ थाहा पिसका वर्ष २०२६/२७ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख बिष्ट प्रमुख अतिथि रहेका थिए। वडा नम्बर ४ का अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष नारायण तामाङ, लायन्स क्लबका संस्थापक अध्यक्ष तथा डिपार्टमेन्ट चिफ २०२६/२७ का सुरेन्द्रमान प्रधान, लायो क्लब अफ पिस थाहा नगरकी वर्ष २०२६/२७ की अध्यक्ष स्मिता बिष्ट, प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. जोनसन गहतराज, डा. समाज गोपाली तथा लायन्सका पूर्व अध्यक्ष उद्धव बिडारीलगायतको उपस्थिति रहेको थियो।


कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष दीपेन्द्रकुमार थिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पानी ट्यांकी सहयोगको आवश्यकता, यसको उपयोगिता तथा क्लबका आगामी सामाजिक सेवाका गतिविधिबारे समेत चर्चा गरिएको थियो। कार्यक्रमका सभापति निरज रायमाझीले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya