बिजुली बत्ती झलमल्ल हुँदा ७५ घर लाभान्वित

हेटौंडा/कैलाश गाउँपालिका वडा नम्वर ८ स्थित भार्ताको आङ्पीमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् । बिहीबार गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ति बालेर बिजुली उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमैं कैलाशका सबै वडामा बिजुली बत्ती पु¥याउने प्रतिबद्धता जनाए ।

ADVERTISEMENT

‘बर्षा, रातदिन केही नभनि वितरणको कामलाई हाम्रो टिमले निरन्तरता दियो । यसैको परिणाम हो ढिलैभएपनि आज गाउँमा उज्यालो छाएको छ ।’ उनले भने – ‘हामी यो कार्यलाई निरन्तरता दिँदै कैलाशलाई हाम्रै पालामा उज्यालो गाउँपालिका बनाउनेछौं ।’ कैलाश गाउँपालिकाका वडा नम्वर ३, ४, ७ र ८ का करिब ७० प्रतिशत घरमा अझैपनि बिजुली पुगेको छैन । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा बत्ती नबलेका घरमा बिजुली पुर्‍याउन पालिकाले निरन्तर काम गर्ने अध्यक्ष मुक्तानले बताए ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासका कामलाई तिव्रता दिइने बताए । टुकीको भरमा जीवन निर्वाह गरिरहेका यहाँका स्थानीयका लागि बिजुली आएपछि धेरै राहत मिल्ने उनको भनाई छ । उद्घाटन कार्यक्रममा ८ नम्वर वडाध्यक्ष आशिष प्रजा, पुर्ववडाध्यक्ष सुर्यबहादुर थिङ, वडा सदस्य विपिराज थिङ लगायतका उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya