चैनपुर जेसीज फुटबल प्रतियोगिता : साविक उपविजेता पटिहानी क्वाटरफाइनलमा

हेटौंडा, चैनपुर जेसीज मनहरीको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा जारी चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगितामा साविक उपविजेता पटिहानी इभेन्ट्स क्वाटरफाइनल प्रवेश गरेको छ । मंगलबार भएको खेलमा पहिलो संस्करणको विजेता समेत रहेको बागमती प्रदेश प्रहरी गणलाई ३-१ गोलले हराउँदै पटिहानीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

ADVERTISEMENT

खेलमा पटिहानीले नै सुरुवाती अग्रता लिएको थियो । सातौं मिनेटमा विकास दर्लामी मगरको गोल मार्फत पटिहानीले अग्रता लिएको थियो । दोस्रो हाफको आठौं मिनेटमा प्रहरीका रामकृष्ण राउतले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । दोस्रो हाफको २५ औं मिनेटमा सामुयल सुनारको गोलमार्फत पटिहानीले पुनः अग्रता लियो । त्यसको ५ मिनेटपछि दर्लामीले नै गोल गर्दै खेललाई ३-१ को अवस्थामा पुर्याएका हुन् । खेलको म्यान अफ द म्याच पटिहानीका लागि २ गोल गरेका दर्लामी नै घोषित भए ।

जारी प्रतियोगितामा बुधबार २ खेल हुनेछ । पहिलो खेल खरंगा एफसी र माथिल्लो मसिने एफसीको बीचमा हुनेछ भने दोस्रो खेलमा हाँडीखोला यूथ क्लव र मनहरी ४ नम्बर वडाको बीचमा हुनेछ । यहि २६ गतेसम्म सन्चालन हुने प्रतियोगितामा मकवानपुर र चितवनका गरी १२ क्लवको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीज मनहरीका कार्यकारिणी उपाध्यक्ष नवराज रिजालले जानकारी दिए । चैनपुर जेसीज मनहरीको आयोजना तथा मनहरी गाउँपालिका ४ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा प्रतियोगिता भएको हो ।
,,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya