थाहाका १० जना विद्यार्थी सम्मानित

हेटौंडा, एसइई २०८० मा उत्कृष्ट जीपीए ल्याएका थाहा नगरका विद्यार्थीहरुलाई लियो क्लव अफ पिस थाहा नगरले सम्मान गरेको छ । साउन १२ गते थाहा नगरपालिका २ स्थित डाडाघरे बाको होमस्टेमा एक कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई सम्मान गरेको हो । लियो क्लवका अध्यक्ष सिशिर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थाहा नगर प्रमुख विष्णु विष्ट, प्याव्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधानले संयुक्त रुपमा सम्मानपत्रले सम्मान गरिएको हो ।

ADVERTISEMENT

सम्मानित हुनेहरुमा सरस्वती विद्या मन्दिर इङ्ग्लीस बोडिङ स्कुलका लखिन्द्र मुखिया विन, पालुङ भ्याली हार्ट एकेडेमीका शान्ति विष्ट, दीपशिखा रायमाझी , दिप्ती केसी, विद्या मन्दिरका अमन जैसवाल, सुस्मिता सिं ठकुरी, स्मृति गोपाली, सुजना श्रेष्ठ र इअन इङ्ग्लीस एकेडेमीका आशिष थिङ रहेका छन् । यसैगरि थाहा नगरका सामुदायिक विद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याएका बागेश्वरी मावि टिस्टुङका अमृत गोले सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा नगर प्रमुख विष्ट, प्याव्सन अध्यक्ष प्रधान, लायन्स क्लव अफ थाहा पिसका निवर्तमान अध्यक्ष गीता कार्की, बागेश्वरी माविका प्रअ बीरमान स्याङ्तान, विद्यार्थीहरु दीपशिखा रायमाझी, लखिन्द्र मुखिया विन, कार्यक्रम संयोजक विराज थापा, अध्यक्ष सिशिर खत्रीलगायतले शुभकामना दिदै उकृष्ट नतिजा ल्याएका विद्यार्थीहरु थाहा नगरको गहना भएको बताउदै भविष्यमा थाहा नगरको नाम समेत उच्च बनाउने जिम्मेवारी थपिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *