सिस्नुपानी नेपालले भदौ ३ गते हेटौंडामा गाईजात्रा विशेष कार्यक्रम गर्ने

हेटौंडा, सिस्नुपानी नेपाल मकवानपुरले यसवर्ष पनि गाईजात्रा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी भदौ ४ गते आयोजना गर्न लागिएको गाईजात्रा विशेष कार्यक्रमको बारेमा आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।

ADVERTISEMENT

गाईजात्रा भदौ ४ गते भए पनि ३ गते जनैपूर्णिमाको दिन सार्वजनिक विदा पर्ने भएकाले गर्दा भदौ ३ गते हेटौंडाको ओम्याक्स हलमा कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष मीनप्रसाद लामिछानेले जानकारी दिए । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको विशेष प्रवर्धनमा हुने कार्यक्रममा मनोरञ्जनात्मक क्यारिकेचर, प्यारोडी गायन, सामाजिक मुद्दामाथि प्रहसन/नाटकीय प्रस्तुती, पेचिलो हास्यव्यङ्ग्यात्मक अन्तरवार्ता, हास्यव्यङ्ग्य कविता र हास्यव्यङ्ययुक्त बजेट भाषणलगायत विषयमा २ घण्टा प्रस्तुती रहने उनले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य कार्यक्रमले स्थानीय कलाकार, भाषा साहित्यलाई प्रवद्र्धन गर्ने भएकोले गर्दा कार्यालयले सहयोग गरेको बताए ।

‘कार्यक्रमका लागि अनिवार्य प्रवेश पत्र (पास) को व्यवस्था गरिएको छ ।’ उनले भने –‘सर्वपक्षीयलाई समेट्ने गरी वडा कार्यालयबाट पास वितरण गरिनेछ ।’ हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाले आयोजना गर्ने कार्यक्रमहरु मितव्यायी तवरले सम्पन्न भइरहेकोमा उनले दावी गरे । भदौ ३ गते हुने कार्यक्रमको लागि करिव १ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए । समसामयिक राजनीतिक र सामाजिक क्षेत्रका विकारका विरुद्धमा प्रसहन, मनोरञ्जनात्मक क्यारिकेचनमार्फत हास्यव्यङ्ग्य उजागर गर्न संस्थाले वि.सं. २०७८ सालदेखि हेटौंडामा गाईजात्रा विशेष कार्यक्रम गर्दै आइरहेको संस्थाका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको सहयोगमा हरेक वर्ष गाईजात्रा विशेष कार्यक्रम हुँदै आइरहेको छ । कार्यक्रममा स्थानीय साहित्यकार र कलाकारहरुको प्रस्तुति रहनेछ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *