हेटौडा, नेपाल रेडक्रस सोसाइटी पशुपतिनगर उपशाखा हेटौंडा ९ को सभापतिमा जनक लम्साल चयन भएका छन् । सोमबार भएको निर्वाचन कार्यक्रमबाट लम्सालको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो ।
समितिको उपसभापतिमा सचित भट्टराई, सचिवमा विष्णुमणि अधिकारी, कोषाध्यक्षमा विश्वनाथ अर्याल, उपसचिवमा भक्तबहादुर बुढाथोकी, उपकोषाध्यक्षमा मदन न्यौपाने चयन भएका छन् ।
यसैगरी सदस्यमा सजना मल्ला, सुदर्शन खनाल, अमित श्रेष्ठ, डबल महर्जन र हरेन्द्रप्रसाद पटेल चयन भएको निर्वाचन अधिकारी ईश्वर पण्डितले जानकारी दिए ।







