सिआन पुनर्स्थापना केन्द्र र हेटौंडा उपमहानगरपालिकाबीच समन्वय बैठक सम्पन्न

हेटौंडा, सिआन पुनर्स्थापना केन्द्रद्वारा क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत हेटौंडा उपमहानगरपालिकासँग समन्वय बैठक सम्पन्न गरिएको छ।

ADVERTISEMENT

बैठकमा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका कार्यक्रम, सामाजिक क्षेत्रमा हासिल गरिएका उपलब्धि तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।

लागुऔषध प्रयोगका कारण उत्पन्न हुने स्वास्थ्य तथा सामाजिक समस्याको न्यूनीकरण, जोखिममा रहेका समुदायको संरक्षण र लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य एवं सामाजिक पुनर्स्थापनाका लागि स्थानीय सरकार र सरोकारवाला निकायबीचको समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा बैठकले महत्त्वपूर्ण अवसर प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya