हेटौंडामा करेन्ट लागेर एक मजदुरको मृत्यु

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१९ स्थित नेवारपानीमा रहेको तारा फाइबर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। भारतको बिहार राज्य, पूर्वी चम्पारण घर भई सो उद्योगमा कार्यरत ४० वर्षीय भुषण बैठाको सोमबार दिउँसो करिब २ बजे करेन्ट लागेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।

ADVERTISEMENT

सोनो खोल्साबाट मोटरको सहायताले पानी तान्ने क्रममा पानी नआएपछि समस्या पहिचान गर्न खोज्दा उनी अचानक करेन्टमा परेका थिए। घटनापछि गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उद्धार गरिए पनि उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

मृतक बैठा तारा फाइबर उद्योगमा हेड अपरेटरको रूपमा कार्यरत थिए। शव हाल हेटौंडा अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *