कार्तिक २० गतेदेखि थाहामा बिनयबाबु बस्नेत स्मृति भलिबल प्रतियोगिता हुँदै

हेटौँडा, बिनयबाबु बस्नेत स्मृति प्रतिस्ठानको आयोजना र थाहा नगरपालिकाको सहयोगमा हरेक बर्ष हुने जिल्लास्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको नवौं संस्करण यहि कार्तिक २० देखि कार्तिक २३ सम्म हुने भएको छ । थाहा नगरपालिका वडा नम्वर २ स्थित फाँट बजारमा प्रतियोगिता हुँदै आइरहेको छ ।

ADVERTISEMENT

आठौँ संस्करणमा १२ टिमको सहभागिता थियो । आठौँ संस्करणमा आयोजकलाई ३–० को सोझो सेटले पराजित गर्दै तमु बहुउद्देश्यीय थाहा–५ ले जितेको थियो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबु बस्नेतको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष तथा थाहा नगर खेलकुद विकास समितिका भलिबल प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । प्रतियोगिताको पहिलो संस्करणमा थाहा १, दोस्रो संस्करणमा आयोजक बिनयबाबु, तेस्रो संस्करणमा थाहा १, चोथो र पाचौं आमभन्झाङ्ग युबा क्लब, छैठौं र सातौं मंड्गलेश्वर युवा क्ल्व र आठौं संस्करण थाहा ५ विजयी भएको थियो ।

प्रतियोगिता नवौँ संस्करणसम्म आइपुग्दा आयोजक सात पटक फाईनलमा पुग्न सफल भएको थियो जसमा छ पटक उपविजेता र एक पटक विजेता बन्न सफल भएको थियो । रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । त्यस्तै दोस्रो हुने टिमले नगद २८ हजार ८ सय ८८रुपियाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र तथा तेस्रो हुनेले ११ हजार १ सय ११ रुपैयाँ सहित शिल्ड मेडल तथा प्रमाणपत्र सहित बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित मेडल तथा प्रमाणपत्र पाउने प्रतिष्ठानले जनाएको छ । नवौँ संस्करणमा पुरस्कारको राशीमा वृद्धि हुने सक्ने अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya