हेटौंडामा ५३१ घर भत्काएपछि सडक विस्तार कार्य स्थगित

हेटौंडा, सडक डिभिजन हेटौंडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ। हेटौंडा उपमहानगरपालिका भित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण रोकिएको सडक डिभिजनका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।

ADVERTISEMENT

गत शनिबार सडक डिभिजनले एकैदिन ५३१ वटा संरचना हटाएको थियो। भत्काइएका घर तथा संरचनाबाट सामग्री सार्न दुई दिनको समय दिइएको प्रमुख अधिकारीले बताए। उनका अनुसार, “सडक सीमा संरक्षण अभियानअन्तर्गत प्रकाशित सूचनाका विरुद्ध सरोकारवालाहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। सर्वोच्च अदालतबाट २०८२ मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते दिनको १२स्४६ मा म्याद तामेल भएकाले अदालतको आदेशलाई सम्मान गर्दै सूचनामा उल्लिखित सबै काम हालका लागि स्थगित गरिएको छ।”

हेटौंडा सडक विस्तारसम्बन्धी सरकारी सूचना कार्यान्वयन नगर्न सर्वोच्च अदालतले मंसिर १९ मा उत्प्रेषण आदेश जारी गरेको थियो। जिल्ला प्रशासन र सडक डिभिजन कार्यालयले भने आफूलाई आधिकारिक रूपमा आदेश प्राप्त नभएको भन्दै शनिबार बिहानै डोजर चलाएर ५३१ वटा घर-टहरा भत्काएका थिए।

सर्वोच्चले रोक लगाइसकेको छ भन्ने जान्दा जान्दै आधिकारिक चिठीका नाममा डोजर चलाएर राज्यले आतंक मच्चाएको स्थानीयको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya