भलिबल प्रतियोगिताको उपाधी सामुदायिक सेवा केन्द्रलाई

हेटौंडा, संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिताको उपाधी सामूदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ ले जित्न सफल भएको छ । आज भएको फाइनल खेलमा मकवानपुर जिल्ला खेलकुद विकास समितिलाई पराजित गर्दै सामुदायिकले उपाधी चुमेको हो ।

ADVERTISEMENT

पहिलो सेट २१–२५ ले गुमाएको सामुदायिक सेवा केन्द्रले खेलमा कम ब्याक गर्दै दोस्रो सेट २५–१४ र तेस्रो सेट १५–७ ले विजयी भएको हो । प्रतियोगिताको सेमिफाइनल खेलमा बकैयाँ गाउँपालिकालाई २५–१५, १५–२५ र १५– ६ ले पराजित गर्दै सामुदायिक सेवा केन्द्र फाइनल प्रवेश गरेको थियो । त्यसैगरी सेमिफाइनल खेलमा कैलास गाउँपालिकालाई २५–१४ र २५–१५ को सोझो सेटले पराजित गर्दै मकवानपुर जिल्ला खेलकुद विकास समिति फाइनल प्रवेश गरेको थियो ।

१३ टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले नगद २० हजार रुपैयाँ, उपविजेता टिमले नगद १५ हजार रुपैयाँ र अनुशासित टिमलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजक बागमती प्रदेश खेलकुद परिषद् कार्यालय प्रमुख बद्री पाठकले जानकारी दिए । असोज ३ गते संविधान दिवसका दिन पुरस्कार वितरण गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *