गठबन्धनका उम्मेदवार डिना र पराजुली घरदैलोमा व्यस्त

हेटौंडा/प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिदै जादा उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन्।प्रचारप्रसार गर्ने समय सकिन १ दिन बाँकी रहदा उम्मेदवारहरुलाई घरदैलोमा व्यस्त रहेका हुन।

ADVERTISEMENT

यसै क्रममा लोकतान्त्रिक बाम गठबन्धनका मकवानपुर क्षेत्र नम्बर(१ प्रतिनिधिसभा तथा प्रदेशसभा(१९ख० का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र आनन्दराम पराजुली हेटौंडाको विभिन्न वडाको घरदैलोमा व्यस्त रहेका हुन्।

बुधबार बिहान लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार समितिको आयोजनामा हेटौंडा(६,७ र १५ मा भएको छुट्टाछुटै घरदैलो तथा कोणसभामा सम्बोधन गर्दै महालक्ष्मि उपाध्याय डिनाले पटक पटक चुनाव जितेर जाने,५०भन्दा बढी बर्ष सरकारमा बस्ने र सिन्का नभाच्नेलाई भोट दिने नहुने भन्दै गठबन्धनलाई भोट किन भन्नै कुरा स्पष्ट परेकी थिइन्।

ADVERTISEMENT

उनले कोणसभामा केपि ओलीले मतदाताको मतको अपमान गर्दै जनतालाई धोखा दिएको सुनाउदै प्रतिगमनकारी लाई टिकट दिएर चुनाव लड्न पठाउने ओलीले काम गर्छ भन्नु दिवा सपना देख्नु जस्तै हो भनिन्।डिनाले तिनै वडाको घरदैलो र कोणसभालाई सम्बोधनका क्रममा ओलीको तानाशाही प्रवृत्तिले झन्डै देश दुर्घटना परेको कुरा बताइन्।

त्यसैगरी कोणसभालाई सम्बोधन गर्दै प्रदेशसभा १९ख० उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो एजेन्डा अरूलाई गालि गर्नु भन्दा पनि काम गरेर देखाउने भएको बताए।

पराजुलीले मतदाताको आवश्यकता आफ्नो प्राथमिकता भएको बताएका हुन्। उनले सभालाई सम्वोधनका क्रममा मतदाताको मतको अपमान गर्नेलाई पाखा लागउनु पर्ने समय आएको बताए। ुचुनाव जितेर जाने,जनतालाई अप्ठेरो पर्दा कानमा तेल हालेर बस्नेलाई फेरी पनि मत दिनु भनेको मत खेर फाल्नु बराबर होु(पराजुलीले भने।

आनन्दरामले कोभिडको महामारी र प्रकोपको समयमा हेटौंडाको मतदाता माझ पुगेको स्मरण गर्दै आफु सधै जनताको दुस्ख र सुखमा कहिलै पछि नहट्ने बताए।पराजुलीले हारेपनि जितेपनि निरन्तर जनतामाझ रहने उदघोष गर्दै संविधानको रक्षा र राजतन्त्र फालेर ल्याएको लोकतन्त्र जोगाउन गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिएर जिताउन अपील गरेका छन्।

घरदैलोमा कांग्रेसको तर्फबाट प्रदेशसभा तर्फको समानुपातिक उम्मेदवार कृष्ण कुमारी अग्रवाल,लक्ष्मी श्रेष्ठको पनि सहभागीता रहेको थियो। घरदैलोमा चुनाव प्रचारप्रसार संयोजक र गठबन्धन आवद्ध दलका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *