आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत

हेटौंडा, यमपञ्चकको पाँचौं दिन आज भाइटीका दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन् ।

ADVERTISEMENT

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाउँदछन् ।

टीकाका लागि उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएको छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *