सार्वजनिक सम्पत्तिमा तोडफोड नगर्न हेटौंडा–८ का अध्यक्ष थापाको आग्रह

हेटौंडा, हेटौंडा–८ का वडा अध्यक्ष राम थापाले देउसीभैलो खेल्ने नाममा मादक पदार्थ तथा जाँडरक्सी सेवन गरी सार्वजनिक सम्पत्तिमा तोडफोड गर्ने गतिविधिप्रति आपत्ति जनाएका छन्।

ADVERTISEMENT

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले सडक सुरक्षाका लागि राखिएका ऐना लगायतका संरचना भत्काउने र बिगार्ने कार्य निन्दनीय तथा गैरजिम्मेवारपूर्ण भएको बताएका छन्।
सार्वजनिक सम्पत्ति कुनै व्यक्ति वा निकायको मात्र नभई सबै नागरिकको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले त्यसमा हुने क्षतिको पूर्ति राज्यको स्रोत र नागरिकले तिरेको करबाट गर्नुपर्ने अवस्था आउने बताएका छन्।

यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिलाई लक्षित गर्दै उनले भगवान्सँग हातमा स्याउँस्याउँती किरै परून् भनी प्रार्थना गरेको समेत उल्लेख गरेका छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya