हेटौंडामा वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम

हेटौंडा,  टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–३ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा आज एक दिवसीय वैदेशिक रोजगार पारिवारिक मिलन कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको पारिवारिक झैझगडा तथा विघटन रोक्न र आपसी माया, सद्भाव एवम् आत्मीयता बढाउन मद्धत पुगोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको टोल विकास समितिका अध्यक्ष रोशन गोलेले जानकारी दिए ।

ADVERTISEMENT

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष ढलकबहादुर थापाले वैदेशिक रोजगारीले नेपालमा पैसासँगै पारिवारिक कलह, आपसी अविस्वासको वातावरण भित्याइरहेको भन्दै वैदेशिक रोजगारीबाट फर्किएका, जान लागेका वा रोजगारीकै अवस्थामा विदेशमा रहेकाहरुको परिवारलाई यस्ता कार्यक्रमले निकै सहयोग पुर्याउने बताए । कार्यक्रममा सुरक्षित आप्रवासन सामी कार्यक्रमकी मनोसामाजिक परामर्शकर्ता प्रतिक्षा भट्टराई र पार्वती विकले सहभागीहरुलाई मनोसामाजिक समस्याको कारण तथा समाधानका उपायबारे सहजिकरण गरेका थिए ।

सहभागीहरुले परामर्श पाएपछि आफ्नो परिवारप्रतिको उत्तरदायित्व र प्रेम अझै प्रगाढ बनाउन मद्धत पुगेको बताए । उनीहरुले उत्सुकता प्रस्तुत गर्दै मनोसामाजिक परामर्शका लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमका परामर्शकर्ताहरुसँग नियमित सम्पर्कमा रहने र अझै जानकारी लिने बताए । कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक मिलनमा रहेका परिवारहरु, स्थानीय जनप्रतिनिधि एवम् पत्रकारहरु उपस्थिति थियो । आयोजकले मनोपरामर्श पाएका परिवारलाई सम्मान गर्दै सफल पारिवारिक जीवनको शुभकामना समेत दिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya