थाहा नगरपालिकाको बजेट ९१ करोड

हेटौंडा, थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ९१ करोड ४३ लाख २ सय रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

ADVERTISEMENT

नगरपालिकाका उपमेयर भरत गोपालीले प्रस्तुत गरेको कुल बजेटमध्ये ६२ प्रतिशत चालु र ३८ प्रतिशत पुँजीगत बजेट रहेको छ । खर्च व्यहोर्ने स्रोततर्फ संघीइ सरकारबाट प्राप्त समानीकरण अनुदान १२ करोड २८ लाख, समपूरक अनुदान १ करोड, विशेष अनुदान १० करोड ६५ लाख, रोयल्टी १ करोड ८९ लाख रहेको छ ।

यसैगरी प्रदेशबाट समानीकरण अनुदान १ करोड २३ लाख, समपूरक ३ करोड, विशेष अनुदान ६५ लाख, सशर्त अनुदान ७ करोड राजस्व बाँडफाँडबाट ९ करोड तथा आन्तरिक आयबाट ५ करोड र मालापोत करबाट २ करोड प्राप्त हुने अनुमान गरिएको छ । थाहा नगरले शिक्षा क्षेत्रमा सवैभन्दा बढी बजेट विनियोजन गरेको छ ।

थाहाले शिक्षामा २६ करोड ३० लाख, स्वास्थ्यतर्फ ८ करोड ९५ लाख र कृषितर्फ ७ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको उपमेयर गोपालीले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *