भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर

हेटौँडा, गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा पुनर्निर्माण तथा पुनःस्थापना लागि प्रदेश सरकारले रु ६ अर्ब रकम विनियोजन गरेको छ।

ADVERTISEMENT

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार भक्तपुरका सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले अन्य विकास आयोजनाका लागि छुट्याइएको बजेट कटौती गरेर बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण अघि बढाउन उक्त रकम विनियोजन गरेको जानकारी दिए।
प्रदेश सरकारले विपद्बाट प्रभावित नागरिकको आवास, क्षतिग्रस्त भौतिक संरचना र आधारभूत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिँदै विभिन्न मन्त्रालयका प्रस्तावित विकास बजेटमा कटौती पुनःस्थापना र पुनर्निर्माण अगाडि बढाउन लागेको बताए।


पुनर्निर्माण र पुनःस्थापनाको काम तत्काल अघि बढाउने बताउँदै मुख्यमन्त्री थापामगरले भने, “हामी पीडितलाई न्यान दिन प्रतिबद्ध छौँ। रसुवा बाढीका कारण घरवारविहीन हुनुभएका, आफन्तजन गुमाउनुकाको भौतिक रूपमा पुनःस्थापना तथा पीडितलाई पर्न सक्ने मनोवैज्ञानिक प्रभाव न्यूनीकरण, नीतिगत क्षमता विकास, अधिकार प्रत्याभूत, उत्तरदायित्व बहनलगायत विषयमा गम्भीर भएर अगाडि बढेका छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya