चैत ४ गतेबाट दोस्रो अन्तरपालिका फुटबल प्रतियोगिता हुने

हेटौंडा, मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आगामी चैत ४ गतेबाट दोस्रो अन्तरपालिका जिल्ला स्तरिय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । चैत ४ गतेदेखि ११ गतेसम्म हेटौंडाको क्याम्पा खेल मैदानमा हुने प्रतियोगितामा सहभागीता जनाइदिनको लागि मङ्गलबार सम्पूर्ण गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकालाई पत्राचार गरिसकेको समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । मकवानपुर जिल्ला खेलुकद विकास समितिको आयोजना तथा जिल्ला समन्वय समितिको प्रायोजनामा प्रतियोगिता हुन लागेको हो ।

ADVERTISEMENT

प्रतियोगितामा विजेता टीमले नगद २ लाख र उपविजेता टीमले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गर्ने उनले जानकारी दिए । अन्तरपालिका फुटबल प्रतियोगितामा विभागिय टीम र ए डिभिजन खेलका खेलाडीहरु समावेश गर्न पाइने छैन ।

पालिकाको सिफारिसमा टीम दर्ता गरिने उनले बताए । गतवर्षबाट शुरु भएको अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई पराजित गर्दै थाहा नगरपालिकाले उपाधी चुमेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *