होटल स्मारक सञ्चालनमा आउँदै

हेटौंडा, हेटौंडा ११ मा सुविधा सम्पन्न होटल स्मारक यही कार्तिक २ गतेबाट सञ्चालनमा आउँदै छ । होटल स्मारक कम्पनीद्वारा सञ्चालित होटल स्मारक कार्तिक २ गते औपचारिक कार्यक्रमको आयोजना गरी होटल सञ्चालनमा आउन लागेको सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

ADVERTISEMENT

१२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटलको निर्माण लागत ३३ करोड रुपैयाँ रहेको होटलका सञ्चालक बालकृष्ण बजगाईले जानकारी दिए । ‘देश विदेशमा चर्चा बटुल्दै गरेको सहिद स्मारकमा आएका पर्यटकहरुलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागेका हौँ ।’ सञ्चालक बजगाईले भने –‘हेटौंडामा सञ्चालनमा रहेका होटलहरुको दररेट अनुरुपनै सेवा सुविधा रहन्छ ।’

होटल स्मारकमा डिलक्स, प्रिमियम, सुइट, हनिमुन, प्रिसिडेन्टल, बोर्ड रुमसहित ३०० जना क्षमताको बेन्क्युट हल १५० जना क्षमताको कन्फ्रेन्स हलसहितको सुविधा सम्पन्न होटल हेटौंडामा सञ्चालनमा आउन लागेको हो । होटलको सञ्चालकमा बालकृष्ण बजगाई, बसन्त नेपाल, रोशन बर्तौला र गोपाल श्रेष्ठ रहेका छन् । होटलबाट ३७ जना कर्मचारीले प्रत्येक्ष रोजगार पाइरहेको सञ्चालक बजागाईले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *