नारायणी कलेजले चुम्यो भेट्रान्स भलिबलको उपाधी

हेटौंडा, मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले चुमेको छ । हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बन्न सफल भएको हो ।

ADVERTISEMENT

पहिलो सेट २५–१८ ले गुमाएको नारायणी कलेजले दोस्रो सेट २५–११, तेस्रो सेट २५–२१ र चौथो सेट २५–१८ ले विजयी बन्न सफल भयो । कार्यक्रममा प्रमुख अतिथि रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले विजेता टिम नारायणी कलेजलाई नगद ३० हजार रुपैयाँ र उपविजेता टिम भीमफेदी गाउँपालिकालाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

आज विहान भएको सेमिफाइनल खेलमा नारायणी कलेजले मकवानपुरगढी गाउँपालिकालाई २५–१६, २५–१७ र २५–१३ को सोझो सेटले पराजित गर्दै नारायणी कलेज फाइनल प्रवेश गरेको थियो । यसैगरी आज भएको दोस्रो सेमिफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई हेटौंडा १९ ले वाक ओभर दिएपछि भीमफेदी सिधै फाइनल प्रवेश गरेको हो । आज भएको खेलको म्यान अफ द डे मकवानपुरगढीका खेलाडी शंकर गौतम घोषित भए । उक्त पुरस्कारको प्रायोजन हेटौंडा १० मा रहेको नारायणी कलेज तथा तुल्सी मेहर माध्यमिक विद्यालयले प्रायोजना गरेको थियो ।

प्रतियोगितामा भीमफेदी गाउँपालिकाका रत्न सिद्धि लामा उत्कृष्ट स्पाइकर, नारायणी कलेजका प्रकाश चौलागाई उत्कृष्ट खेलाडी, विनोद श्रेष्ठ उत्कृष्ट लिफटर र नविनराज बाहक उत्कृष्ट डिफेन्डर, ईश्वर छत्कुली उत्कृष्ट कोच घोषित भए । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका ११ वटा टिमको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya