शिवको नेतृत्वमा क्यान मकवानपुर

हेटौंडा, कम्युटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको अध्यक्षमा शिव श्रेष्ठ चयन भएका छन् । शनिबार भएको क्यानको १६ औं वार्षिक साधरणसभाबाट श्रेष्ठको अध्यक्षतामा नया कार्य समिति चयन भएको हो । क्यानको उपाध्यक्षमा चिरनकुमार घिमिरे र उमेश थिङ, सचिवमा गोविन्द चौलागाई, कोषाध्यक्षमा श्रीराज खतिवडा, सहसचिवमा सञ्जयकुमार न्यौपाने चयन भएका छन् । यसैगरी सदस्यमा स्वागत अधिकारी, विकास अधिकारी, श्रवणकुमार श्रेष्ठ, संप्रस पौडेल, कृष्णदिप प्रधान, कृष्णप्रसाद मैनाली, जानुका श्रेष्ठ र सहदेव ढकाल चयन भएका छन् ।

क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मिना लामाले हेटौंडालाई सुचना प्रविधिमैत्री बनाउन क्यानसँग सहकार्य गरेर काम गर्ने बताइन् । क्यान मकवानपुरका कार्यबहाक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरू समेटिएको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रममा क्यानका केन्दीय सचिव चिरन्जिवि अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, दिपेन्द्र रेग्मी लगायतको आतिथ्यता रहेको थियो । क्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर बहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो । २०६३ सालमा स्थापना भएको क्यान मकवानपुरमा १०५ जना संस्थागत र ब्यक्तिगत साधरण सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button