हेटौंडा, मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नं। १ खचनास्थित एक घरमा बुधबार आगलागी भएको छ ।
स्थानीय दिलबहादुर चेपाङको खरले छाएको काठको एक तले कच्चि घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
चेपाङ आफैले घर नजिकै रहेको घाँसपात जलाउने क्रममा एक्कासी घरमा आगो सल्कन गई आगलागी भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
उनका अनुसार, आगलागीमा परेर मानवीय क्षति भने भएकौ छैन । आगलागीबाट घर पुर्ण रुपमा जलेको छ भने लत्ताकपडा, भाँडावर्तन जिन्सि मालसामानमा पनि क्षति पुगेको छ ।






