हेटौंडा, नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) हेटौँडाको अध्यक्षमा रामकुमार श्रेष्ठ चयन भएका छन् । प्याब्सन नगर कार्यसमिति हेटौँडाको आइतबार सम्पन्न छैठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरेको हो ।
उनी सनराइज इंग्लिस बोर्डिङ स्कुल, पदमपोखरीका संस्थापक प्रिन्सिपल हुन् ।
यस्तै अधिवेशनबाट उपाध्यक्षमा श्यामकुमार बानियाँ, सचिवमा सुदिपराज गिरी सचिव र काेषाध्यझमा अरुण पराजुली चयन हुनु भएका छन् । यस्तै सदस्यहरूमा कविता मुडभरी, शंकर खत्री र दिलबहादुर थापा सर्वसम्मत भएका छन् ।






