मंसिर २८ गतेबाट लक्ष्मीमाया स्मृति भलिबल प्रतियोगिता

हेटौंडा, बसामाडी जेसीजको आयोजनामा सञ्चालन हुँदै आएको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिताको यस बर्षको संस्करण यही मंसिर २८ गतेबाट हुने भएको छ । २० औं संस्करणको भलिबल प्रतियोगिता यही २८ देखि पुष २ गतेसम्म आयोजना गर्ने गरी तयारी अघि बढाइएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

हेटौंडाको हुप्रचौरमा हुने प्रतियोगिताको विजेताले ६५ हजार र उपविजेताले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजक बसामाडी जेसीजको बर्ष सन् २०२२ का अध्यक्ष चिराग अग्रवालले जानकारी दिए । भलिबल प्रतियोगिताको लागि करिब साढे २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा १० देखि १४ वटा टिमको सहभागिता हुने आयोजकले अपेक्षा राखेको छ । ‘नेतृत्व र व्यक्तित्व विकाससँगै जिल्लाको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा खेलकुद क्षेत्रमा समेत बसामाडी जेसीजले विविध कार्यक्रमको आयोजना गर्दै आएको छ’, अध्यक्ष अग्रवालले भने, ‘जिल्लामा भलिबल खेलको विकास र खेलाडीको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापनाका लागि हामीले यस प्रतियोगितालाई निरन्तरता दिँदै आएका छौं ।’

लक्ष्मीमाया बज्राचार्य स्मृति भलिबल प्रतियोगितालाई स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् । प्रतियोगिताको कार्यक्रम संयोजकमा बसामाडी जेसीजका कार्यकारिणी उपाध्यक्ष सरोज पौडेल तथा सहसंयोजकमा उपाध्यक्षद्वय अनिल भण्डारी र असिमराज ढुंगाना रहेका छन् । प्रतियोगितामा सहभागी हुन चाहने टिमले मंसिर २६ गते सम्म टिम दर्ता गराउन सक्ने आयोजकले बताएको छ । यस प्रतियोगिताको अघिल्लो संस्करण हटिया स्पोर्टस् एकेडेमीले जितेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya