मकवानपुर बहुमुखी क्याम्पसको दुईदिने शिक्षासम्बन्धी राष्ट्रिय सम्मेलन सकियो

हेटौंडा, मकवानपुर बुहुमुखी क्याम्पसको आयोजनामा भएको दुई दिने राष्ट्रिय सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

ADVERTISEMENT

हेटौंडामा भएको दुई दिने राष्ट्रिय सम्मेलनमा उच्च शिक्षाका चुनौती, रोजगारमुखी, दीगोपना र कक्षा छाड्ने दर घट्नुको कारणलगायतको समस्यालाई लिएर विभिन्न विषयमा रही छलफल सञ्चालन गरेको मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डाक्टर यसबहादुर शिल्वालले बताए । दुई दिने सम्मेलनमा उठेका विषयवस्तुलाई कार्यपत्रमार्फत पुस्तक पनि प्रकाशन गरिने उनले बताए ।

यसैगरी मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष अनन्तप्रसाद पौडेलले राष्ट्रिय सम्मेलनमा शिक्षाको समस्यालाई विभिन्न विषयमा रही छलफल सञ्चालन गरेको बताए । ‘संविधान जारी भएपछि समस्याको समाधान हुन्छ भन्ने लागेको थियो ।’ उनले भने –‘संविधान बनेर मात्र ठूलो हुने रहेनछ । शैक्षिक क्षेत्रको समस्या निकै नै भएकोले गर्दा समिक्षा गर्नुपर्ने जरुरी रहेको छ ।’ मकवानपुर बहुमुखी क्याम्पसले सञ्चालन गरेको राष्ट्रिय सम्मेलनले शिक्षा क्षेत्रको समस्या हल गर्ने एउटा दस्ताबेज बन्ने उनको दावी रहेको थियो ।

यसैगरी मकवानपुर बहुमुखी क्याम्पसका उपाध्यक्ष अशोक शाक्यले अहिलेको आवश्यकता अनुरुप क्याम्पसले कार्यक्रम सञ्चालन गरेको बताए । ‘पछिल्लो समय विद्यार्थीहरु अध्ययनको लागि विदेशीएको र विद्यालयमा विद्यार्थीको अभाव भएकोले गर्दा भोली यो समस्याले विकराल रुप लिन्छ ।’ उनले भने –‘राष्ट्रको समस्याको रुपमा रहेको विषयवस्तु माथि उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ ।’

दुईदिने राष्ट्रिय सम्मेलनमा सिकेका कुरालाई व्यवहारमा उतार्न उनले आग्रह गरे । कार्यक्रममा सहभागी वक्ताहरुले दुई दिने राष्ट्रिय सम्मेलन उपलब्धीमूलक भएको बताएका थिए । कार्यक्रममा देशभरका ६० भन्दा बढी क्याम्पसका ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको क्याम्पसले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *