हेटौंडाका २ निर्माण कम्पनीलाई स्पष्टीकरण (सूचना सहित)

हेटौंडा, हेटौंडाको २ निर्माण व्यवसायी कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार लिखित स्पष्टिकरण पेस गर्ने सूचना जारी गरेको हो । ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन पत्राचार गर्दापनि बेवास्ता गरेपछि कार्यालयले एकहप्ते सूचना जारी गर्दै पुनः स्पष्टीकरण माग गरेको हो ।

ADVERTISEMENT

हेटौंडा–११ मकवानपुरको गुण निर्माण सेवाका गुणराज पाठक, हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे सहित सिरुवा/कविर/सुनकोशी जेभी काठमाडौंका नारायणप्रसाद पराजुली, जानकी टोल पर्साको मुस्कान सप्लायर्सका समसुल हक मियाँ धुनिया र हेटौंडा–६ मकवानपुरको मुक्तिनाथ रुपेश कन्स्ट्रक्सन एण्ड सप्लायर्सका रुपेश घिमिरे छन् । यसैगरी बानेश्वर–१० काठमाडौंको अनुष्ठान कन्स्ट्रक्सनका रोशन खड्का र रविन्द्रकुमार गौतम, सिरुवा कन्स्ट्रक्सन कम्पनी तीनकुने काठमाडौंका दिनेश पौडेल, दिल्ली ट्रेडिङ वीरगञ्ज पर्साकी रानीकुमारी रौनियार र जय गढीमाई निर्माण कन्स्ट्रक्सन हर्दी चितवनका सिताराम चौधरीसँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ ।

उनीहरुको ठेगानामा लिखित स्पष्टीकरण पेश गर्नू भनेर लेखी पठाउँदा पनि हालसम्म स्पष्टीकरण पेश नगरेकाले सूचना प्रकाशन गरिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । मंसिर २१ गतेदेखि सात दिनभित्र लिखित स्पष्टीकरण नबुझाएमा ती निर्माण व्यवसायी तथा सप्लायर्सहरु कालो सूचीमा पर्नेछन् । आफूले जिम्मा लिएको काम समयमा नसकेर ढिलासुस्ती गर्नेहरुलाई कालोसूचीमा राख्ने गरिन्छ । कालोसूचीमा परेकाहरुले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्कापट्टा वा खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *