हेटौँडा एकेडेमीले एन्फा एकेडेमी सञ्चालन गर्ने

हेटौंडा, हटौँडा- ११ सहिदस्मारकमा रहेको हेटौँडा एकेडेमी आवसिय माध्यमिक विद्यालयमा अब फुटबल एकेडेमी पनि सञ्चालन हुने भएको छ ।

ADVERTISEMENT

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि एन्फा पदाधिकारीहरू र विद्यालयबिच फुटबल एकेडेमी सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यही असोज १२ गतेको अविरल वर्षापछि सिस्नेरीको वत्सलादेवी मा.वि.मा दुखद घटना घटेसंगै एन्फाले त्यहाँको फुटबल कार्यक्रम स्थगन गरेपछि हेटौँडा एकेडेमीले यस अवसर प्राप्त गर्न सफल भएको एन्फा महासचिव किरण राइले बताउनुभयो।

अब फुटबल एकेडेमीमा रहेका बाँकी विद्यार्थीहरुलाइ हेटौँडा एकेडेमीको व्यवस्थापनमा अध्ययन सहित फुटबलको तालिम एकेडेमीकै मैदानमा सञ्चालन गरिने विद्यालयका प्रमुख कार्यकारी अधिकृत रमेश रिमालले जानकारी दिनु भयो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *