आजबाट कुन्छालमा रैथाने कृषि मेला

हेटौंडा/मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका १ मा रहेको कुन्छाल गाउँको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले आज (शुक्रबार) बाट रैथाने कृषि तथा साँस्कृतिक मेलाको आयोजना हुँदैछ ।

ADVERTISEMENT

‘रैथाने कृषि तथा संस्कृति कुन्छालको पहिचान, ग्रामीण पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजबाट दुई दिन थाहा १ कुन्छाल डबलीमा रैथाने कृषि तथा साँस्कृति मेला आयोजना हुन लागेको कुन्छाल सामुदायिक होमस्टे व्यवस्थापन सरसफाई समितिका सचिव निराजन गोपालीले जानकारी दिए । पहिलो पटक आयोजना हुन लागेको मेलामा रैथाने कृषि उपज प्रदर्शनी, परम्परागत साँस्कृतिक झाँकी प्रदर्शनी, गोपाली जनजीवनमा प्रयोग हुने खाना महोत्सव, स्थानीय कृषि उपज प्रदर्शनी, हस्तकला सामग्री प्रदर्शनी मेलाको मुख्य आकर्षणको रुपमा रहने गोपालीले बताए ।

थाहा नगरपालिका १ नम्वर वडा कार्यालय तथा लवग्रीन नेपालको सहयोगमा कार्यक्रम हुन लागेको हो । मेलामा १० वटा स्टल रहनेछ । एउटा स्टलमा दुग्ध सम्बन्धी सामग्री र अर्को स्टलमा अकबरी खुर्सानी बाहेक अन्य स्टलमा कुन्छालको रैथाने कृषिको स्टलहरु रहने गोपालीले बताए । मेलामा करिव ५ सय जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।

करिब ४ लाख रुपैयाँ खर्च गरेर आयोजना हुन लागेको दुई दिने मेलाबाट संकलन भएको रकमबाट कुन्छाल होमस्टेलाई व्यवसायिक रुपमा अगाडि बढाउने लक्ष्य रहेको आयोजकले जानकारी दिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *