जेसीआई हेटौंडा अध्यक्षमा सन्तोष पराजुलीको उम्मेदवारी

हेटौंडा, युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था जेसीआई हेटौंडाको वर्ष २०२६ का लागि शाखा अध्यक्ष पदमा सन्तोष पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।

ADVERTISEMENT

लामो समयदेखि संस्थाका विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका पराजुलीले ‘सबल र समावेशी जेसीज’ को एजेन्डासहित अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेका हुन् । सन् २०१९ देखि जेसीआईमा आबद्ध पराजुलीले सचिव, उपाध्यक्ष, तालिम संयोजक तथा कार्यकारिणी उपाध्यक्षलगायत जिम्मेवारी सम्हालिसकेका छन् ।

उनको प्यानलबाट कार्यकारिणी उपाध्यक्ष पदमा संजय कुमार न्यौपाने र विपिन ताम्राकार तथा उपाध्यक्ष पदमा बिकेक बानियाँ, अशोक सिंह, विनोद वाग्ले र सृजनराज बज्राचार्य उम्मेदवार रहेका छन् ।

उम्मेदवारी घोषणा गर्दै पराजुलीले विगत छ वर्षमा जेसीआईबाट हासिल गरेका अनुभवलाई संस्थाको बृहत्तर हितमा प्रयोग गर्ने समय आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya