इन्द्रसरोवरमा शिक्षक संगठनको परिषद् भेला

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक संगठनको इन्द्रसरोवर गाउँपालिकामा तेस्रो पालिका परिषद् भेला तथा शिक्षकहित साकोसको पालिकास्तरीय सदस्य शिक्षा कार्यक्रम शनिबार भएको छ ।

ADVERTISEMENT

नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिका अध्यक्ष संरचना पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि रहेका दाहालले पालिकामा स·ठनको गतिविधिलाई पालिकामा अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । इन्द्रसरोवर गाउँपालिकाका शिक्षक महासंघका अध्यक्ष सहदेव रिमालले पालिकाका शिक्षकहरुको अवस्था र समस्या तथा जटिलताका बारेमा जानकारी गराएका थिए ।

शिक्षकहित साकोसका सहसचिव कृष्ण पोखरेलले सहकारीको सदस्य बन्न र पेशागत रुपमा सबल हुनका निम्ति सहकारीमा आबद्ध हुन आग्रह गरे । नेपाल शिक्षक संगठन जिल्ला सह सचिव चन्द्रादेवि लामा, जिल्ला सह कोषाध्यक्ष भावना सापकोटा, जिल्ला सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख डीबी बर्तौला, जिल्ला सदस्य अजित यादवलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *