हेटौंडा जेसीजमा बर्तौला र बनियाँको उम्मेदवारी

हेटौंडा, हेटौंडा जेसीजको बर्ष सन् २०२३ को अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि श्रवणकुमार बर्तौला र पंकजदास बनियाँले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै २ कार्यकारिणी उपाध्यक्षका लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

ADVERTISEMENT

कार्यकारिणी उपाध्यक्षमा विकेशलाल श्रेष्ठ, अमृत बर्तौला, संगीत श्रेष्ठ र विवेकआनन्द न्यौपानेको उम्मेदवारी परेको हो । यस्तै ४ जना उपाध्यक्षका लागि चारैजनाले उम्मेदवारी दिएका छन् । सन्तोष पराजुली, सञ्जयकुमार न्यौपाने, राजुप्रसाद श्रीवास्तव र मिलन ढकाल उपाध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

शाखा अधिवेशन अन्तर्गत उम्मेदवार तालिम, अन्तरवार्ता लगायतका कार्यक्रम सकिएको निर्वाचन आयुक्त राजदेव बनियाँले जानकारी दिए । ककस, मतदान लगायतका कार्यक्रम आज शनिबार बिहानबाट सुरु हुनेछ । हेटौंडा–९ स्थित कर्रामा रहेको जेसीज सचिवालयमा निर्वाचन कार्यक्रम हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *