भीमफेदीमा कोदो खेती गर्ने किसानलाई अनुदान रकम वितरण गर्दै

हेटौंडा, मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदो खेती गर्ने किसानहरूलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान रकम वितरण गर्ने भएको छ । गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाट अनुदान रकम वितरण गर्ने भएको हो ।

ADVERTISEMENT

गाउँपालिकाले एक सूचना प्रकाशित गरेर सम्बन्धित वडामा गएर अनुदान वापतको रकम लिन कोदो उत्पादन गर्ने किसानलाई अनुरोध गरिएको छ । सूचनामा अनुदान वापतको रकम लिनको लागि आवश्यक कागजात सहित तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

भीमफेदी गाउँपालिका कृषि विकास शाखाको आ.व. २०८०/०८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार उक्त गाउँपालिकाको ३ देखि १५ रोपनीसम्म कोदो खेती गर्ने कृषक वा कृषि फर्मलाई अनुदान दिन लागिएको हो ।

सूचना अनुसार मंसिर २५ गते ४ नम्बर वडा कार्यालय चिउरी बगैँचामा, मंसिर २७ गते ३ नम्बर वडा कार्यालय झल्कनेमा, मंसिर २९ गते २ नम्बर र ८ नम्बर वडा कार्यालयमा, पुस १ गते १ नम्बर वडा कार्यालय सानुटारमा र पुस २ गते वडा नम्बर ५ र वडा नम्बर ६ को लागि भिमफेदी गाउँपालिकाको कार्यालयमा अनुदान रकम प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya