पालुङ जेसीजको लक्ष्य निर्धारण तालिम

हेटौंडा, पालुङ जेसिजको वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्र्तगतको पहिलो कार्यक्रम लक्ष्य निर्धारण तालिम सम्पन्न भएको छ । आईतबार बिहान थाहा नगरपालिका ३ स्थित जनकल्याण माविमा लक्ष्य निर्धारण तालिम सञ्चालन गरिएको तालिम कार्यक्रम भएको हो ।

ADVERTISEMENT

तालिममा जनकल्याण माविमा कक्षा १२ मा अध्ययनरत ४० जना बिद्यार्थीको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पालुङ जेसीज बर्ष २०२४ का कोषाध्यक्ष सञ्जय गोपालीले गरेका थिए । पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सञ्चालन भएको तालिम कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष मनोज रायमाझीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पालुङ जेसीजका निवर्तामान अध्यक्ष संगम कार्की, महासचिव बिक्रम गोपाली, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिंदोङ, तालिम आयुक्त अजित कार्की, उपाध्यक्ष एवम् सप्ताह सह–मूल कार्यक्रम संयोजक नारायण कार्की लगायतको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *