हेटौंडा क्याम्पसमा होली मिलन

हेटौंडा, हेटौंडा क्याम्पसमा होली मिलन तथा सांस्कृतिक कार्यक्रम शुक्रबार हेटौंडामा भएको हो । नेपाल विद्यार्थी संघ मकवानपुर र हेटौंडा क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शुक्रबार होली मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना भएको छ ।

ADVERTISEMENT

नेवि संघ हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुर जिल्ला सभापति वुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । होली एकताको प्रतीक भएकाले यस कार्यक्रमले विद्यार्थी र नेवि संघबीच ऐक्यवद्धताको भावना अझ मजबुत बनाउने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको इकाई सभापति विश्वकर्माले बताए ।

हेटौंडा क्याम्पसमा अध्ययनरत कुनै पनि विद्यार्थीले आर्थिक समस्याकै कारण पढाइ छोड्नुपर्ने अवस्था सिर्जना हुन नदिने नेवि संघका नेताहरुको भनाई थियो । प्रमुख अतिथि कांग्रेस मकवानपुर सभापति लामाले विद्यार्थीले गर्ने हरेक सकारात्मक गतिविधिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा नेवि संघ मकवानपुरका कार्यवाहक सभापति सन्तोष चौलागाईं, काँग्रेम मकवानपुर सहसचिव इन्दिरा न्यौपाने, नेवि संघ मकवानपुरका पूर्व सभापति राजु खतिवडा, हेटौंडा क्याम्पसका प्रमुख देविराम लामा, पूर्व क्याम्पस प्रमुख डा.देवचन्द्र मानन्धर, छात्रवृत्ति कोष हेटौंडा क्याम्पसका अध्यक्ष प्रदीप कोइराला लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya