मिटरब्याजी सरकार हो : श्रेष्ठ

हेटौंडा, नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । शनिबार हेटौंडामा भएको मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको १७ औँ वार्षिक साधारणसभमा बोल्दै श्रेष्ठले वर्तमान सरकार नै मिटरब्याजी भएको बताएका छन् ।

ADVERTISEMENT

‘बैंकको ब्याज नतिर्दा व्यवसायी नै पलायमान हुनुपरेको छ । व्यवसाय नै पलायन हुँदा बैंक पनि पलायन हुने अवस्था आउँछ ।’ उनले भने –‘ व्यवसायीहरुले ८ प्रतिशतमा लिएको ब्याजको कर्जा १६ प्रतिशत पुगिसकेको छ । अहिले आर्थिक मन्दि छ । बैंकलाई नियमन गर्नुपर्ने सरकारले केही गर्न सकेको छैन । बैंकलाई तिनुपर्ने रकम व्यवसायीले तिर्न नसक्दा आत्मदाह रोज्नु परेको छ ।’

युवालाई रोजगारी र देशको अर्थतन्त्रमा निजि क्षेत्रले खेलेको योगदान अतुल्नीय भएतापनि सरकारले निजि क्षेत्रलाई खासै ध्यान नदिएकोमा उनले गुनासो पोखे ।मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोदसिंह रानाभाट्टले व्यवसायीप्रति बैंकको एकल ज्यादतीको विरुद्धमा संघले आवाज उठाइरहेको बताए । ‘हेटौंडा उपमहानगरपालिकाले साउन महिनाबाट व्यवसायी करमा १० प्रतिशत बढाउन खोजिएको छ । आर्थिक मन्दीको चपेटामा परेको व्यवसायीलाई व्यवसायी करमा वृद्धि गरी व्यवसायीलाई चपेटामा पार्न खोजिएको छ ।’–उनले भने ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले व्यवसायीहरुले गरिने कार्य नतिजामूखी हुनुपर्ने बताए । बैंकको ज्यादति विरुद्धको आन्दोलनमा न्याए पाउनु भो त भनेर व्यवसायीमाझ प्रश्न गर्दै गौतमले भने –‘ब्यानर, भाषण गरेर मात्र समस्याको समाधान हुँदैन । व्यवसायीले गरेको कार्य नतिजामूखी हुनु पर्दछ ।’

कार्यक्रममा नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका महासचिव ओमबहादुर बस्नेत, मकवानपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघका पूर्व अध्यक्षलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *