बागमती प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

हेटौंडा, बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री बहादुर सिं लामाले नियुक्त ९ जना मन्त्रीलाई शपथ ग्रहण गरेका हुन् ।

ADVERTISEMENT

एमालेका ६ र कांग्रेसका ३ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । एमालेबाट प्रकाश श्रेष्ठले कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापाले स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवालले वन तथा वातावरण मन्त्रालय, सुकमाया तामाङले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केले भौतिक पूर्वाधार विकाश मन्त्रालय र प्रेम भक्त महर्जनले श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित शपथ ग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का, मदुकुमार श्रेष्ठले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *