श्रमिक सुरक्षित बचतमा दोहोरिए सञ्चालक समिति

हेटौंडा/श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पुरानै सञ्चालक समिति दोहोरिएका छन् । श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मर्ज भएपछि श्रमिक सुरक्षित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शनिबार मनाएको १४ औँ वार्षिक साधारणसभा पहिलो रहेको थियो ।

ADVERTISEMENT

संस्थाको अध्यक्षमा नवराज अर्याल, उपाध्यक्षमा टंकनाथ नेपाल, सचिवमा अर्जुनप्रसाद ढुङ्गेल, कोषाध्यक्षमा विरेन्द्रप्रसाद ढुङ्गाना रहेका छन् । यसैगरी संस्थाको सदस्यमा उदय नारायण श्रेष्ठ, मणिप्रसाद पाठक, राजन घिमिरे, पूर्णकुमारी कार्की, नवराज थपलिया, नारायणप्रसाद अधिकारी र गणेशबहादुर कठायत रहेका छन् । यसैगरी संस्थाको लेखा सुपरिवेक्षण समितिको सदस्यमा भने दामोदर पौडेल नयाँ सदस्य चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजक हरिकुमार शर्मा र सदस्यमा हरि कोइराला रहेका छन् । शनिबार भएको संस्थाको १४ औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष नवराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

२ हजार १ सय ९९ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ३ करोड ५८ लाख ६१ हजार ६ सय रुपैयाँ रहेको छ । कार्यक्रममा जेष्ठ सदस्य विष्णु लामिछाने र जिवकुमारी दंगाललाई सम्मान गरेको थियो । यसैगरी उत्कृष्ट मासिक बचतकर्तामा मदुकुमार दंगाल, अधिकतम बचत गर्नेमा कमला दाहाल, ऋणमा अधिकतम ब्याज तिर्ने सदस्यमा अर्जुनप्रसाद गौतम, नियमित ऋणको किस्ता भुक्तानी गर्ने सदस्य किरणप्रसाद श्रेष्ठ र एसइइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने शेयर सदस्य महानुभावहरुको छात्र÷छात्रालाई पुरस्कृत गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयका अध्यक्ष नवीन सिग्देल, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *