अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ प्रथम

हेटौंडा, ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयको आयोजनामा दोस्रो भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगितामा जेनिथ विद्यालयकी विशाखा पण्डित प्रथम हुन सफल भएकी छिन् । हेटौंडाका १९ वटा विद्यालयका ३४ जना विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय दोस्रो, हेटौंडा एकेडेमी विद्यालय तेस्रो र सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी सान्त्वना हुन सफल भएको छ ।

ADVERTISEMENT

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यालयलाई क्रमशः नगद १० हजार, ७ हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

ज्ञानोदय बालबाटिका आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्ती महतको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार विष्णु अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा कागेश्वरी मनोहरा नगर अध्यक्ष श्रीराम दाहाल, उपाध्यक्ष तथा संगीतकार बिनोद चुडालले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

श्रीमति संघ काठमाडौंकी उपाध्यक्ष राधा ज्ञवालीको हिमाल घाम झुल्क्यो र ज्ञानोदय बालबाटिकाका प्रिन्सिपल श्यामकुमार बानियाँको आकाश खुल्यो सुस्तरी भन्ने गीत लोकार्पण गरिएको थियो । दुवै गीतमा संगीत ओमप्रकाश राईद्वारा संगीतबद्ध गीतको लोकार्पण गरिएको हो । विद्यार्थी रहेको अन्तरनिहित प्रतिभा प्रस्फोटन गर्ने उद्देश्यले गतवर्षबाट विद्यालयले भीम विराग स्मृति अन्तर विद्यालय गायन प्रतियोगिता गर्दै आइरहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *