म्यानेजमेन्टको ‘एजुकेशन एक्सपोज’ कार्यक्रम आज, महानायक राजेश हमाल हेटौंडा आउँदै

हेटौंडा, २ साउन/हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसमा आज (मंगलबार) ‘एजुकेशन एक्सपोज–२०२२’ कार्यक्रम हुँदैछ । नेपाली चलचित्रका महानायक राजेश हमाल प्रमुख वक्तको रुपमा आज हेटौंडा आउँदै छन् ।

ADVERTISEMENT

विद्यालय तह सकेर उच्च शिक्षा अध्ययन सुरु गरेका विद्यार्थीहरुलाई मोटिभेशनल विषयमा महानायक हमालले अभिमुखीकरण गराउने कार्यक्रम रहेको क्याम्पसका कर्मचारी कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । यसैगरी काठमाडौंमा रहेको जब डाइनेमिक कम्पनीले विद्यार्थीहरुलाई करियर काउन्सील विषयको अभिमुखीकरण गराउने उनले बताए । करिव ४ घण्टा सम्म हुने एजुकेशन एक्सपोज कार्यक्रममा करियर काउन्सील सँग ‘जभ डायनेमिक’, प्रत्यक्ष प्रदर्शन कार्यशाला, व्यवस्थापन र आइटीसम्बन्धी अन्वेषण, छात्रवृत्ति जित्ने अवसरलगायत विद्यार्थीहरुको पठन पाठनसँग सम्बन्धित विषयमा कार्यक्रममा छलफल हुने क्याम्पसले जनाएको छ ।

कार्यक्रममा शैक्षिक सम्बन्धी १२ वटा स्टल निर्माण गरी प्रदर्शनी गरिने छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट क्याम्पससँगै अन्य क्याम्पसका विद्यार्थीहरुले कार्यक्रममा सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya