राष्ट्रपति रनिङ शिल्ड लागि बन्द प्रशिक्षण शुरु

हेटौंडा, बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने मकवानपुर जिल्लाका खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ । मकवानपुरमा भएको १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छनौट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको हो ।

ADVERTISEMENT

गत वर्षबाट शुरू भएको बन्द प्रशिक्षण यसवर्षलाई पनि जिल्ला खेलकुद विकास समिति मकवानपुरले निरन्तरता दिईएको छ । बन्द प्रशिक्षणमा १ सय १५ जना खेलाडी सहभागी भएको समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए । आइतबारदेखि सुरु भएको बन्द प्रशिक्षण फागुन २० गतेसम्म सञ्चालन हुनेछ ।

‘गत वर्ष मकवानपुरका विभिन्न पालिकाबाट सहयोगमा बन्द प्रशिक्षण शुरु भएको थियो ।’ कोइरालाले भने –‘यस वर्ष कार्यालय आफैले ‘क्याटरिङ’ सञ्चालन गरेको छ । बन्द प्रशिक्षणको लागि हेटौंडा उपमहानगरपालिकाबाट ६ लाख रुपैयाँ सहयोग हुनेछ ।’

बन्द प्रशिक्षणका क्रममा खेलाडीहरुले हेटौंडा–४ स्थित हुप्रचौरमा प्रशिक्षण गर्नेछन् । बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका साढे ४ बजेदेखि ६ बजेसम्म प्रशिक्षण हुनेछ । बन्द प्रशिक्षणका लागि ९ लाख रुपैयाँ खर्च अनुमान गरिएको कोइरालाले जानकारी दिए । १३ औँ संस्करणको कुल ५० स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा मकवानपुरले एथ्लेटिक्सतर्फ ६ स्वर्ण जितेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *