हेटौंडा/हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय पूर्व प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी खेलकुद कार्यक्रम आयोजना गरिएको थियो ।
मंगलबारबाट शुरु भएको प्रतियोगिता विहीबार सम्पन्न भएको थियो । विद्यालयको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थी र अभिभावकसँग भाइचाराको सम्बन्ध स्थापित हुने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरेको पूर्व प्राथमिक तहका संयोजक अनिता गौतमले जानकारी दिइन् ।
मङ्गलबार कक्षा नर्सरी, बुधबार कक्षा एलकेजी र विहीबार कक्षा यूकेजीका विद्यार्थीहरुलाई लक्षित गरी खेलहरु सञ्चालन भएको थियो । कक्षा नर्सरीका विद्यार्थीलाई बेलुन रेस, बल सन्तुलन कक्षा यूकेजीका विद्यार्थीले बेलुन पड्काउने, उफ्रने दौड, कक्षा यूकेजीका विद्यार्थीलाई रिङमा बल जम्मा गर्नेलगायतका खेलहरु सञ्चालन भएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरेको थियो ।







