हेटौंडा, आयोजक भानु माध्यमिक विद्यालयले प्रथम शिक्षक फुटसल प्रतियोगिताको उपाधी जितेको छ । शनिबार भएको फाइनल खेलमा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयलाई ३–० गोल अन्तरले पराजित गर्दै भानुले उपाधी जितेको हो ।
भानुका लागि सुमन थिङ र दुलर्भ कुमार दुलालले गोल गरेका थिए भने एक गोल ‘सुसाइड’ भएको थियो । भानुका खेलाडीले प्रहार गरेको बल नवोदयका गोल रक्षक अभिशेक बोसले बललाई पन्च गर्ने क्रममा नवोदयका खेलाडी डेबिन श्रेष्ठको ढाडमा ‘रिबाउन्ड’ हुँदै गोलमा परिणत भएको थियो । प्रतियोगितामा विजेता र उपविजेता टिमले क्रमशः नगद २० हजार रुपैया र १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
सेमिफाइनल खेलमा नवोदयले कमाने एकेडेमीलाई र भानुले जेनिथ इन्टरनेशनल एकेडेमीलाई पराजित गर्दै दुवै टिम फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा नवोदयका डेविन श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, कमाने एकेडेमी विद्यालयका रमेश लुइटेल सर्वाधिक गोलकर्ता, भानु विद्यालयका सुमन थिङ बेष्ट डिफेन्डर र सौरभ मगर बेष्ट गोलरक्षक घोषित भए । भानु माध्यमिक विद्यालयको आयोजनामा भएको दुईदिने शिक्षक फुटसल प्रतियोगितामा १० वटा विद्यालयले सहभागिता जनाएका थिए ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ का वडाध्यक्ष भागवत घिमिरेको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा मकवानपुरगढी खेलकुद विकास समितिका सदस्य विक्रम योन्जनको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
ADVERTISEMENT