बागमती प्रदेशसभा सदस्यहरुले लिए शपथ

हेटौंडा, बागमती प्रदेशसभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । ११० सदस्यीय प्रदेशसभाका सदस्यहरुलाई बिहीबार ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले शपथ गराएका हुन् ।

ADVERTISEMENT

प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य, पूर्वसभामुख सानुकुमार श्रेष्ठ लगायतको उपस्थितिमा सदस्यहरुले शपथ लिएका थिए । प्रदेशसभाका १२ सदस्यले नेपाल भाषामा, तीन जनाले तामाङ भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधा सम्बन्धी ऐन–२०७५ दफा २४ बमोजिम मातृभाषामा शपथ लिएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक पुस १८ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले बैठक आह्वान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya